तोडियो भारतीय एकाधिकार : चीनतर्फको इन्टरनेट नेपालमा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

तोडियो भारतीय एकाधिकार : चीनतर्फको इन्टरनेट नेपालमा

नेपाल टेलिकम र चाईना टेलिकम ग्लोबलबीच क्रस बोर्डर अप्टिकल फाईबर लिंकको व्यवसायीक संचालन

काठमाडौं, २८ पुस । नेपालमा स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिएको छ । नेपालले चीन हुँदै विश्व बजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिएको हो ।

केही समयको सफल परीक्षणपछि आजदेखि औपचारिक रुपमै चीनले रसुवाको जिलोङ गेटवे हुँदै नेपाललाई स्थलीय केबुलमार्गबाट जोडेको हो । दुईबर्ष अघि नै नेपाल टेलिकम र चाईना टेलिकम ग्लोबल लिमिटेडबीच सम्झौता भएपनि शुक्रबार देखि मात्रै विधिवत रुपमा दुवै मुलुक अप्टिकल फाईबर मार्फत जोडिएका हुन् ।

अाज विशेष समारोहकाबीच सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले कार्यक्रमकाे उद्घाटन गरेका छन् । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले चाईना टेलिकम ग्लोबलबीच क्रस बोर्डर अप्टिकल फाईबर लिंकको व्यवसायीक संचालनले एउटै कनेक्टीभिटी माथिको निर्भरतालाई तोडेको बताइन् ।

क्रस बोर्डर अप्टिकल फाईबर लिंकको व्यवसायीक संचालनमा आएसंगै नेपालले दुरसंचारको अन्तराष्ट्रिय आबद्धताका लागि भारतको मात्रै भर पर्नु नपर्ने भएको छ । अहिले नेपालले भैरहवा, विराटनगर र वीरगञ्जबाट भारतसंग जोडेर इन्टरनेट संचालन गरिरहेको छ ।

भारत हुँदै नेपाल आउने इन्टरनेटको तार समुन्द्रमुनिबाट बिछ्याईएको हुंदा समस्या देखिन सक्ने भएकाले स्थलमार्गबाट ल्याईएको चीनको अप्टिकल फाईबर बलियो विकल्प हुने विश्वास गरिएको छ । इन्टरनेट सेवाको भरपर्दो संचालनका लागि एक भन्दा बढी सेवा प्रदायक संग अप्टिकल फाईबर मार्फत अन्तर आवद्धता हुनुपर्ने आवश्यकता महसुस गरि सन् २००३ देखि नै यसका लागि पहल गरिएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);