काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई धुलो उपहार | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई धुलो उपहार

 काठमाडौँ, २८ पुस । नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई धुलो उपहार दिएको छ । संघ केन्द्रीय कार्यसमिति र जिल्ला समितिको संयुक्त आयोजनामा विद्यार्थीले शुक्रबार काठमाडौँका विभिन्न चार स्थानबाट संकलित धुलोको पोको उपमेयर खड्गीलाई बुझाएका हुन् ।

प्रदुषण मुक्त राख्ने भन्दै केही समय सडक पखाल्ने काम पनि सुरु गरेको महानगरले पछिल्लो समय बढ्दो प्रदुषण र धुँवा धुलो प्रति वेवास्ता गरेको भन्दै विद्यार्थीले ध्यानाकर्षण गराएका हुन् । विद्यार्थीहरुले आफ्ना माग बेवास्ता गरिए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

धुलो उपहार ग्रहण गर्दै उपमेयर खड्गीले नगर सफा राख्ने दायित्व महानगरको मात्रै नभएको भन्दै सडक विभागले पनि त्यसको जिम्मा लिनुपर्ने बताइन्। यसअघि महानगरले दोहोरो कर लगाएको भन्दै नेपाल विद्यार्थी संघले विरोध गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);