उपमेयर खड्गीलाई काठमाडौंबासीले दिए रानीपोखरीको घाँस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

उपमेयर खड्गीलाई काठमाडौंबासीले दिए रानीपोखरीको घाँस

khadgilai ghas upahar

काठमाडौं, ५ असार । सिठी नखः चाडको अवसर पारेर काडमाडौंका स्थानीयले काठमाडौं महानगरपलिकाकी उपप्रमुख हरिप्रभा खड्गीलाई ज्ञापनपत्र र रानीपोखरीको घाँस हस्तान्तरण गरेकाछन् ।

आज विहानै स्थानीयबासीले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरीको सफाई गरी छिटो रानीपोखरीको निर्माणका लागि दवाब दिँदै महानगरकी उपमेयर खड्गीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले रानीपोखरी घाँसे मैदानमा परिणत भएको भन्दै पोखरीको घाँससमेत उपमेयर खड्गीलाई हस्तान्तरण गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै उपमेयर खड्गीले कंक्रिट प्रयोग गरी बनाइएको पर्खाल भत्काएर छिट्टै रानीपोखरीको पुनर्निर्माण पुरानै शैलीमा गरिने आश्वासन दिईन । महानगरले जेठको दोस्रो सातापछि रानीपोखरीको पुनर्निर्माण गर्ने बताएपनि अहिलेसम्म काम सुरु भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);