सबै स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सबै स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने तयारी

काठमाडौं, ११ असार । नेपाल दुर संचार प्राधिकरणले सबै स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने तयारी गरेको छ । प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने तयारी भईरहेको जानकारी दिए ।

सोमबार काठमाडौंमा आयोजित सुचना प्रविधिसम्बन्धि एक कार्यशाला गोष्ठीमा बोल्दै उनले प्राधिकरणले सबै जिल्ला सदरमुकाम सहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दूर संचारको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउने कामलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पारे ।

प्राधिकरणले दुर संचार सेवालाई गुणस्तरीय बनाउने दावी गर्दै आएको छ । तर त्यसका लागि केही समय लाग्ने प्राधिकरणका वरिष्ठ निर्देशक खनालको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);