माओवादी केन्द्रका जनार्दनलाई अर्थ र पम्फालाई ऊर्जा मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

माओवादी केन्द्रका जनार्दनलाई अर्थ र पम्फालाई ऊर्जा मन्त्रालय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवदी केन्द्रले पहिलो चरणमा जनार्दन शर्मा र पम्फा भुसाल गरी दुई मन्त्री पठाउने भएको छ । देउवा नेतृत्वको सरकारमा जनार्दन शर्मालाई अर्थमन्त्रालय र पम्फा भुसालले ऊर्जा,सिंचाई तथा जलस्रोत मन्त्रालय दिइने माओवादी केन्द्र निकट स्रोतले बताएको छ ।

यसअघि मंगलबार बिहान बसेको स्थायी कमिटीको बैठकले सरकारमा पठाउन मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । बैठक लगत्तै बुढानिलकण्ठ पुगेका दाहालले देउवासँगको छलफलपछि शर्मा र भुसाललाई मन्त्री बनाउने निर्णय गरेको अध्यक्ष दाहालको सचिवालयले बताएको छ । देउवाले आजै प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);