पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तको विदाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तको विदाई

 फूलमाया आले

काठमाडौं, ३ फागुन  । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तको विदाई गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित साधुसन्तको विदाई गरेको हो ।

देशका विभन्न स्थान लगाए भारतबाट समेत महाशाशिवरात्री पर्व मनाउन आएका साधुसन्तलाई बाटो खर्च सहित विदाई गरिएको छ । बिहिबार पशुपति क्षेत्रविकास कोष र पशुपति विकास गुठी संस्थानले संयुक्त रुपमा स-सम्मान विदाई गरेको हो ।

साधुहरुलाई सात तहमा विभाजन गरी नगद दक्षिणा प्रदान गरिएको थियो । जस अनुसार दिगम्बर साधुहरुलाई गुठी संस्थानले १ हजार ७ सय ५१ र कोषले १ हजार १ सय रुपैयाँ, जमातीय साधुहरुलाई गुठीले १ हजार ५ सय ५१ र कोषले ८ सय १, नागा साधुलाई गुठीले १ हजार ३ सय ५१ र कोषले ७ सय १, अवदुत महापुरुष साधुलाई गुठीले १ हजार १ सय ५१ र कोषले ५ सय १ रुपैँया नगद बाटो खर्च दिएको छ ।

साधुसन्तहरुलाई विहिबार विहानसम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए ।

बिदाई भएका साधुसन्तले पनि कोषले दिएको दक्षिणा तथा गरेको व्यवस्था प्रति सन्तुष्ट रहेको बताएका छन् । तर, पशुपति क्षेत्रमा शौचालयको अभाव रहेकोले त्यसप्रति कोषले ध्यान दिनुपर्ने साधुसन्तको सुझाव छ ।

परापूर्व कालदेखिनै महाशिवरात्री मेलामा आएका स्वदेशी तथा विदेशी साधुसन्तहरुलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । बिदाईका क्रममा कोषले साधुसन्तहरुलाई रुद्राक्षको माला समेत लगाई दिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);