काठमाडौं शहर कहिले होला धुलो धुँवा मुक्त ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं शहर कहिले होला धुलो धुँवा मुक्त ?

pollution

फूलमाया आले

काठमाडौं, २० कात्तिक । स्थानीय तह निर्वाचन सम्पन्न भएको डेढ वर्ष भइसकेको छ । तत्कालिन नेकपा एमाले पार्टीबाट विद्यासुन्दर शाक्यले चुनावको समयमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि काठमाडौंलाई १ सय दिन भित्रमा धुलोधुँवा मुक्त बनाउछु भनेर भाषण गर्दै हिंडे ।

तर निर्वाचित भएको डेढ वर्षसम्म पनि कुनै परिणाममुखी काम सम्पन्न गर्न नसकेका मेयर शाक्यले सोमबार आयोजित एक कार्यक्रममा मेलम्ची खानेपानीको पाईप लाईन र सडक विस्तारका कारण काठमाडौंलाई धुवाँधुलो मुक्त बनाउन कठिनाई भईरहेकोे बताए ।

मेलम्ची खानेपानी आयोजना अन्तर्गत पाइप विच्छाउने काम जारी रहेको तथा विभिन्न ठाउँमा भइरहेको सडक विस्तारले गर्दा अहिले काठमाडौं धुलाम्य छ । तर कालोपत्रे गरिएको सडकमा पनि धुलोको कमी छैन ।

राजनीतिक नेतृत्वको प्रतिबद्धताको कमी, योजनाबद्ध ढंगले विकास निर्माणका कामहरु अगाडि नबढाइएको कारण अहिले काठमाडौंको वातावरण निकै प्रदुषित छ । काठमाडाैंको अहिलेको धुलो र धुवाँले सरकारले गरेको भाषणप्रति व्यङ्ग्य गरिरहेको सर्वसाधारण बताउँछन् ।

जसले संरचना भत्काएको हो उसैले त्यो संरचना निर्माण पनि गर्नुपर्छ । तर भत्काएको संरचना बनाउनु भन्दा पनि एकले अर्कालार्ई दोष मात्र लगाएर अरु निकाय दोषमुक्त हुन नसक्ने सर्वसाधारण बताउँछन् ।

राजधानीमा धुलो र धँुवा कति छ भने घरबाट बाहिर सडकमा निस्किएपछि माक्स नलगाई हिंड्न सक्ने अवस्था छैन । धुलो र धुँवा कै कारण राजधानी काठमाडौं धुलोमाण्डौं हुँदै माक्समाण्डौं भइसकेको छ ।

सवारीसाधनले निकाल्ने धुवाँ, सडक, ढल, खानेपानी योजना लगायत भौतिक संरचनाको विकास र उद्योग धन्दाबाट निस्किने फोहोरमैला वातावरणीय प्रदुषणको मुख्य स्रोत बनेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);