अध्यक्षका प्रतिवेदनमा छलफल प्रारम्भ गर्दै सकियो नेकपा बैठकः भोलि फेरि बस्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

अध्यक्षका प्रतिवेदनमा छलफल प्रारम्भ गर्दै सकियो नेकपा बैठकः भोलि फेरि बस्ने

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा मंगलबार अपरान्ह बसेको बैठक बुधबार पुनः बस्ने गरि टुंगिएको छ । आज बुधबार बसेको बैठकमा दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेका प्रस्तावमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ।

प्रवक्ता श्रेष्ठले बैठकमा औपचारिक र अनौपचारिक रुपमा दुबै अध्यक्षका प्रतिवेदनमाथी छलफल भएको बताउनुभयो । यसैगरि बैठकलाई दुबै अध्यक्षले सम्बोधन गर्नुभएको थियो।

पार्टी भित्र गहिरिएको संकट समाधानका लागि भोलिसम्म नेताहरु बीच अनौपचारिक छलफल चलाएर पुनः अपरान्ह १ बजे बैठक बस्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);