नेपाली सेनाद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली सेनाद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी

काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्दार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ ।

जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरुमा पहिरोका कारण फसेका ११ जनाको सेनाले हवाई साधनमार्फत उद्दार गरेको छ ।

सेनाले हवाई साधनमार्फत १४ हजार ७३५ केजी राहत सामग्रीहरु ती स्थानमा ढुवानी गरी पहिरो प्रभावितलाई वितरण गरेको नेपाली सेनाले जनाएको छ । सेनाले अहिले विभिन्न स्थानहरुमा अवरुद्ध रहेका सडकहरु खुलाउने तथा हवाई साधनद्वारा थप राहत सामग्रीहरु ढुवानी गर्ने कार्य गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);