बैतडी । नदीमा नुहाउने क्रममा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण युनिट कार्यालय पाटनमा कार्यरत पाटन नगरपालिका – १ जरौली निवासी ५५ वर्षीय नरबहादुर भट्टराई रहेका छन् । शुक्रबार बिहान साढे ११ बजेतिर त्रिपुरेश्वरधामस्थित सूर्नया नदीमा नुहाउन गएका उनलाई नदीले बगाएको थियो । त्यसलगत्तै प्रहरी र स्थानीयले उनकोे उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा पुर्याएका थिए । त्यहाँ स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नदीमा नुहाउन गएका विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
ताजा समाचार
भारतको पटाका कारखानामा विष्फोटः २१ को मृत्यु
२ घन्टा अघि
विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो
२ घन्टा अघि
केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
३ घन्टा अघि
सत्ताको चक्रव्युह र न्यायको मरण
३ घन्टा अघि




