नेता खाँण भन्छन्–जनताको दुःख–सुखमा साथै छौं | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेता खाँण भन्छन्–जनताको दुःख–सुखमा साथै छौं

भैरहवा । सिद्धार्थनगरका वृद्धवृृद्धा तथा निम्न आय भएका नागरिकलाई नेपाली कांग्रेस सिद्धार्थ नगर–८ ले कम्बल बितरण गरेको छ । कम्बल बाढ्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले कांग्रेस सधैँ जनताको सुख–दुःखमा साथै रहने पनि बताए । 

उनले जनताको सेवानै कांग्रेसको  मुख्य उदेश्य रहेको भन्दै कार्यकर्तालाई सामाजिक काममा केन्द्रित रहन आग्रह गरे । चोक र चिया पसलमा बसेर अर्काको कुरा काट्ने परिपाटीको अन्त्य गरी सबै नेता र कार्यकर्ता जनताको सुख दुःखमा पुग्नु पर्ने र जनताका समस्याको समाधान गर्नुपर्ने उनको जोड छ । 

कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिब लेखनाथ भट्टराई र नगर सह–सचिव आदर्श गुरुङले कम्बल हस्तान्तरण गरेका थिए । कार्यक्रममा ५० थान कम्बल वितरण गरिएको थियो ।

कार्यक्रममा, क्षेत्रीय सभापति सुशील गुरुङ, संविधान सभा सदस्य इस्तियाक अहमद खान, प्रदेश सभापति सुरेन्द्र जङ्ग थापा, नगर सभापति कोशिश खड्का, महासमिति सदस्य देवी चौधरीलगायतले कार्यक्रमको प्रशंसा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);