कांग्रेसले कुनै अमुक निर्वाचनलाई मिशन मान्दैन : नेता बानियाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसले कुनै अमुक निर्वाचनलाई मिशन मान्दैन : नेता बानियाँ

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले कांग्रेस कुनै एउटा निर्वाचनको मिसन बोकेर नहिड्ने बताएका छन् । कांग्रेस सुर्यविनायक नगरपालिका, भक्तपुरको दोश्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै शनिबार बानियाँले यस्तो बताएका हुन् ।

कांग्रेस कुनै अमुक निर्वाचनको मिशनलाई मात्र बोकेर नहिड्ने उनको दाबी थियो । उनले कांग्रेस २००७ सालदेखि जनताको राजनीतिक,सामाजिक परिवर्तनका लागि लड्दै आएको बताए ।

केही दलहरु आगामी २०८४ सालको चुनावलाई मिसन मान्दै हिडेकोमा कटाक्ष गर्दै बानियाँले कांग्रेस जिवन्त राजनीतिक जीवन शैलीलाई मिसन मानेर हिडेको सुनाए । “२००७ साल राजनीतिक परिवर्तन गरेर प्राप्तिको मिसन, २०४६ को एकदललाई फालेर बहुदलको मिसन, त्यसपछि शान्ति र संविधान पछिको अर्को मिसन, कांग्रेस जिवन्त राजनीतिमा मिसन नै मिसन बोकेर जनताको जीवन परिवर्तन गर्न हिडेको पार्टी हो ।” नेता बानियाँले भने,“कांग्रेस एउटा निर्वाचनको मिसन बोकेर हिड्ने पार्टी होइन् । जनताको जीवनलाई बदल्ने, जनताको स्वतन्त्रताको लागि लड्ने, एकदलको अन्त्य गरि बहुदलको स्थापना गर्ने पार्टी हो ।”

जनताको समृद्धी, उत्साहको लागि रुपान्तरण गर्दै पुस्तान्तरणबाट नेपाली कांग्रेस अघि बढेको स्पष्ट पार्दै सभापति बानियाँले स्वार्थमा लिप्त भएका स्टन्ट बाजी गर्नेहरुले ०८४ को निर्वाचनलाई मिसन मानिरहेको टिप्पणी गरे । कांग्रेस पद्धती,प्रक्रिया र जीवनशैलीलाई मिशन मानेर हिडने उनको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);