कांग्रेस नेता इन्द्र बानियाँ भन्छन्, जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि जुनसुकै दलका भए पनि उसलाई साथ दिनुपर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस नेता इन्द्र बानियाँ भन्छन्, जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि जुनसुकै दलका भए पनि उसलाई साथ दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले पटकपटक विजयी गराउने र नराम्रो काम गर्नेलाई पराजित गर्ने बताएका छन् । सोमबार बिहान ललितपुर उपमहानगरपालिका-१५ सातदोबाटोस्थित इन्द्र क्लासिक शान्तिमार्गमा बृक्षरोपण कार्यक्रममा उनले असल जनप्रतिनिधिलाई जनताले सधैं माया गर्ने बताए ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले वातावरण स्वच्छताका लागि बृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले मानव स्वास्थ्यका लागि निकै फाइदा पुग्ने बताए । ‘वृक्षरोपणले वातावरण मात्र राम्रो हुन्न, यसले मानव स्वास्थ्यलाई समेत फाइदा पुग्छ,’ बानियाँले भने । उनले जनताको काम गर्न जुनसुकै दलबाट विजयी भएका जनप्रतिनिधि भए पनि उनीहरूलाई साथ दिनुपर्नेसमेत बताए ।

नेता बानियाँकै पहलमा इन्द्र क्लासिक शान्तिमार्ग पक्की बनाउन भौतिक पूर्वाधार मन्त्रालयले ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही मार्गको दायाँबायाँ विभिन्न प्रजातिका ५५ वटा बिरुवा रोपिएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई हरियाली सहर र स्मार्ट सिटी बनाउन आफूलाई जनताले पुनः अत्यधिक मतका साथ विजयी गराएको बताए । ‘यसपटक म जनताको जुन अपेक्षा छ, त्यो पूरा गर्न लागिपर्नेछु । ललितपुरलाई हरियाली मात्र होइन, उज्यालो सहर पनि बनाउनेछु । यदि तपाई रातिको समयमा उपत्यका बाहिरबाट हवाई मार्ग भएर आउनु भयो भने उज्यालो सहर देख्नु भएमा त्यो ललितपुर हुनेछ,’ महर्जनले भने । ललितपुर महानगर क्षेत्रका सडकमा १४ सय सडक बत्ती राख्ने काम धमाधम भइरहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);