एमसीसीमा प्रचण्डलाई ओलीको जवाफः पहिले सत्तारुढले स्थिति प्रस्ट पारोस् | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

एमसीसीमा प्रचण्डलाई ओलीको जवाफः पहिले सत्तारुढले स्थिति प्रस्ट पारोस्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सबैभन्दा पहिले सत्तारुढ दल स्पष्ट हुनुपर्ने प्रस्टाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिफोनमार्फत प्रतिपक्ष दल एमालेलाई स्थिति प्रस्ट पार्न गरेको आग्रहको जवाफमा ओलीले सत्तारुढ दल पहिलो स्पष्ट हुनुपर्नेमा जोड गरेका हुन् ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसीमा एमालेले निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टेलिफोनमार्फत् आग्रह गरेको थिए । ‘पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ-तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,’ ओलीलाई उद्यृत गर्दै रिजालले जानकारी दिए, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन, पहिले आफूले निर्णय गर्नुस, नेकपा एमाले त निर्णय गरिहाल्छ ।’

रिजालका अनुसार सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले अमेरिकन सहयोग एमसीसीका बारेमा पहिला धारणा बनाउनु पर्ने एमालेका पुर्ववतः भनाइ कायमै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);