रुपन्देही, २४ पुस ||
सत्यनाराण मानन्धर ||
रुपन्देहीको ओमसतिया गाउँपालिकाका जेष्ठ नागरिक, एकल महिला तथा अपाङगता भएकारुलाई सम्मान तथा न्यानो कपडा कम्मल वितरण र स्वास्थ्य परीक्षण गरिएको छ । ओमसतिया गाउँपालिका वडा नम्बर ३ को आयोजना करिब चार सय जनालाई सम्मान तथा न्यानो कपडा कम्मल वितरण गरिएको हो । साथै ५० जना जेष्ठ नागरिकहरुको प्रेशर, सुगर लगायतका स्वास्थ्य परीक्षण गरिएको थियो । ओमसतिया गाउँपालिका वडानम्बर तीनको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।




