लुम्बिनी प्रदेश राज्यमन्त्री शर्माले दिइन् राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

लुम्बिनी प्रदेश राज्यमन्त्री शर्माले दिइन् राजीनामा

बुटवल । लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी जसपाका सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई जसपाको समर्थन नरहेकाले पार्टीको समर्थन र सहयोग विना प्रदेशको सरकारमा रही निरन्तरता दिन नसकिने भन्दै उनले राजीनामा बुझाएकी हुन् ।

उलने संविधानको धारा १६९ को २ (क) बमोजिम पदबाट राजीनामा दिएको जानकारी गराएकी छन् । जसपाका महन्त ठाकुर पक्षका चार सांसदको समर्थनले आफ्नो सरकार जोगाउन सफल भएको मुख्यमन्त्री पोखरेल उनीहरुलाई मन्त्री बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);