शाक्यको राजिनामा संगै बाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

शाक्यको राजिनामा संगै बाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित

हेटौँडा । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित गरिएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्गप्रशस्त गर्ने जानकारी गराएकी थिइन् । यसपछि सभामुख सानुकमार श्रेष्ठले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । 

शाक्यको राजीनामा घोषणा भएसँगै अब बाग्मतीमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो । माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);