गणितीय रुपमा बहुमत गुमेपछि सत्तामा बस्नुको औचित्य छैन : मुख्यमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गणितीय रुपमा बहुमत गुमेपछि सत्तामा बस्नुको औचित्य छैन : मुख्यमन्त्री पोखरेल

लुम्बिनी । लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले संसदभित्रको बुहमत गुमेपछि पदमा बसिरहनु कुनै औचित्य नभएको बताएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा निती तथा कार्यक्रमलाई संवोधन गर्दे मुख्यमन्त्री पोखरेलले गणितीय रुपमा बहुमत गुमेपछि सत्तामा एक मिनेट पनि बस्नुको औचित्य नभएको बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले संसदभित्रको अंक गणितमा आफूले विश्वास गर्ने भएकाले संस अंकगणितीय हिसाबमा सत्ता पक्षको बहुमत रहँदासम्म मूख्यमन्त्रीको हैसियतमा रहिरहने समेत जिकिर गरेका छन् ।

उनले ४ जना प्रदेशसभा सदस्यहरुको मुद्दा अदालत रहेको प्रसङ्ग निकाल्दै प्रदेशसभामा प्रतिपक्षी सांसद अनुपस्थित हुँदा देखिएको सत्तापक्षका सांसदको उपस्थितिले सरकारसँग बहुमत रहेको देखाएको दावी गरे । उनले त्यस घटनाले सरकारमा बहुमत र अल्पमतको विषयको विवाद अन्त्य गरेको समेत दावी गरेका छन् ।

त्यस्तै, मुख्यमन्त्री पोखरेलले महामारी नियन्त्रणका लागि लुम्बिनी सरकारले दत्तचित्त भएर लागि परको फेरस्त प्रस्तुत गरेका छन् । मुख्यमन्त्री पोखरेलले कोरोना महामारी नियन्त्रका लागि लुम्बिनी प्रदेशले अक्सिजन निर्यात नगर्ने भन्ने भारतको नीति परिवर्तन गराएर लिक्विड अक्सिजन सप्लाई गर्न सफल भएको दावी पनि गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);