विष्णु रिमाललाई हर्क साम्पाङको जवाफ–‘एमालेको भुसुनो’ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

विष्णु रिमाललाई हर्क साम्पाङको जवाफ–‘एमालेको भुसुनो’

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ‘एमालेको भुसुनो’को रुपमा चित्रण गरेका छन् ।

साम्पाङलाई शनिबार अखिल नेपाल महिला संघ अनेमसंघको दोस्रो बैठकमा रिमालले ‘बौलाह मेयर’भन्दै टिप्पणी गरेका थिए ।

एमाले नेता रिमाललाई लक्षित गर्दै मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्,‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ ।’ अब आउने चुनावमा रिमाललाई जनतालाई देखाइदिने पनि उनको दाबी छ ।

रिमालले धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालले हजारौं लाइक पाउने तर ओलीको सामाजिक सञ्जालमा लाइक कम आएको भन्दै उनले कार्यकर्ता समक्ष आक्रोस पोखेका थिए ।

 

Leave a Reply

ताजा समाचार