बालेनलाई हर्क साम्पाङको साथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बालेनलाई हर्क साम्पाङको साथ

काठमाडौँ, २५ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सान्त्वना दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख खेपिरहेका शाहलाई साम्पाङले ढाडस दिएका हुन् ।

सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै बालेनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको उल्लेख गर्दै भारतले प्रधानमन्त्री बनाउँछ भन्दा प्रधानमन्त्री (प्रचण्ड) ले छुट पाएको उल्लेख गरेका थिए ।

उनले सामाजिक संजालमा आइतबार लेखेका छन्, ‘‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी ।”
साम्पाङले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै लेखेका छन्,‘नडराउनुस्,नबिराउनुस हजुरको साथमा म छु, हामी छौं ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);