विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन गृहकार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन गृहकार्य सुरु

uchha samiti new

काठमाडौं, ६ जेठ । सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन गृहकार्य सुरु गरेको छ । मंगलबार बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समन्वय समितिको बैठकले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने गृहहकार्य सुरु गरेको हो ।

बैठकमा विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना बनाउने र मोडालिटि तयार गर्ने निर्णय भएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेनटाइनहरुलाई तोकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव विडारीले जानकारी दिनुभयो ।

क्वारोन्टाइनमा रहनेहरुको सुरक्षाको व्यवस्था, तथ्याङ्क राख्ने लगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरुको अगुवाईमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);