नेपाली भूभाग समेटेर नक्सा जारी गर्ने प्रस्ताव मैलै राखेको हुँ : वामदेव गौतम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली भूभाग समेटेर नक्सा जारी गर्ने प्रस्ताव मैलै राखेको हुँ : वामदेव गौतम

bamdev gautam

काठमाडौं, ७ जेठ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा आफुले राखेको बताउनु भएको छ।

सामाजिक संजालमा लेख्दै नेपालले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको प्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी रहेको पनि बतानुभयो ।

गौतमले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नशा जारी गर्नुपर्ने सन्दर्भमा आफुले सुरुदेखिनै पार्टीको सशक्त विचार र जोडदार माग राख्दै आएको सबैमा स्मरण गराउनु भयो।

उहाँले लेख्नुभएको छ, ”वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ। किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ‌।”

”अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचानल छ। तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यही अनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ। हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ।”

bandev speech

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);