रास्वपालाई सांसद बन्न पैसा बुझाएको छैन् : ढाकाकुमार श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रास्वपालाई सांसद बन्न पैसा बुझाएको छैन् : ढाकाकुमार श्रेष्ठ

काठमाडौं, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई रकम नबुझाएको स्पष्टिकरण दिएका छन् । केही मिडियाहरुले गत जेठ १० गते सम्प्रेषण गरेको समानुपातिक सांसद बन्न ३ करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने समाचार आधारहिन भएको समेत उनको दाबी छ ।

यस्ता आधारहिन समाचारले आफ्नो नैतिक समस्या पार्ने काम गरेको भन्दै उनले तथ्यहिन समाचार सम्प्रेषण नगर्न पनि मिडियाहरुलाई आग्रह गरेका छन् । श्रेष्ठले भ्रामक तथ्यहिन समाचार सम्प्रेषण गरेको खण्डमा आफै कानुनी प्रक्रियामा जान बाध्य हुने पनि चेतावनी दिएका छन् ।

उनले लेखेका छन्,‘२०८० र ०२ र १० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);