इजरायल–हमास द्वन्द्वमा ३९०० को मृत्यु, गाजामा अस्पताल भर्ना बिरामीहरूलाई धम्की | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

इजरायल–हमास द्वन्द्वमा ३९०० को मृत्यु, गाजामा अस्पताल भर्ना बिरामीहरूलाई धम्की

एजेन्सी, २९ असोज । हमासले इजरायलमा आक्रमण गर्न थालेको १० दिन भयो। यस आक्रमणका कारण इजरायलमा हालसम्म १४०० जनाको ज्यान गएको छ । अर्कोतर्फ गाजा पट्टीमा इजरायलले गरेको जवाफी हमलामा मृत्यु हुनेको संख्या २५ सय पुगेको छ । इजरायलले गाजामा मात्रै हवाई हमला गरेको अवस्था हो यो ।

इजरायली सेनाले चाँडै समुद्री र स्थल मार्गबाट गाजामा आक्रमण गर्न सक्ने बताइएको छ। यी अवस्थाका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सतर्क रहन आह्वान गर्दै गाजामा कुनै पनि कब्जालाई गलत भनेका छन् ।

इजरायल र हमासबीचको युद्धको बीचमा फ्लोरिडाका गभर्नर रोन डे सान्टिसको बयान बाहिर आएको छ । उनले गाजाबाट भागेका प्यालेस्टिनी शरणार्थीहरूलाई अमेरिकाले स्वीकार नगर्ने बताए। इजरायलले हमासको नियन्त्रणमा रहेको उत्तरी गाजा विरुद्ध जमीनी कारबाही सुरु गर्ने अपेक्षा गरिएको बेला उनको टिप्पणी आएको हो।

हमास र इजरायलबीचको द्वन्द्वमा हालसम्म हजारौंले ज्यान गुमाएका छन् । स्थिति निरन्तर बिग्रँदै गएको छ । इजरायलले हमासले धेरै मानिसलाई बन्धक बनाएको दाबी गर्दै आएको छ । यस्तो अवस्थामा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले हमासलाई बिना शर्त बन्धकहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);