एमसीसी प्रस्ताव पास गर्न प्रधानमन्त्रीको दबाब, गठबन्धनभित्रका अन्य दल अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमसीसी प्रस्ताव पास गर्न प्रधानमन्त्रीको दबाब, गठबन्धनभित्रका अन्य दल अन्योलमा

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् । 

स्रोतका अनुसार प्रचण्ड–नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका छन् । यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्नी सापकोटाले अचानक संसद बैठकसमेत स्थगित गरेका छन् ,’ स्रोतले भन्यो ।

यसअघि सभामुखले १६ माघमा प्रतिनिधि सभाको बैठक तोकेका थिए । ‘प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेत कै कारण उनले २६ माघलाई संसद बैठक तोकिएका छ । यस्तै, अमेरिकाले पनि नेपालले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे यो कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);