पाकिस्तानमा दुइवटा रेल एक आपसमा ठोक्किँदा १०को मृत्यु, ७० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाकिस्तानमा दुइवटा रेल एक आपसमा ठोक्किँदा १०को मृत्यु, ७० जना घाइते

pakistan rail collision

एजेन्सी, २६ असार । पाकिस्तानमा बिहीबार दुईवटा रेल एकआपसमा ठोक्किदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० जना घाइते भएका छन् ।

पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल एक आपसमा ठोक्किएका थिए । घाइतेहरुलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको र घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको पाकिस्तानी प्रहरी अधिकारीले बताएका छन् ।

पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको बताउका छन ।गत जुनमा पनि पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा दुई वटा रेल एक आपसमा ठोक्किएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);