लेक लागेर निर्वाचन पर्यवेक्षकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, १५ मंसिर । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनको अनुगमन गर्न हिमालपारीको जिल्ला मनाङ आएका पर्यवेक्षक उमेशकाजी श्रेष्ठको हाइ अल्टिच्युटका कारण मृत्यु भएको छ । चार हजार दुई सय मिटर हाइटमा रहेको मनाङको तिलिचो बेस क्याम्पमा उनलाई ‘हाइ अल्टिच्युट लागेको हो।

भक्तपुरको मध्यपुरठिमी –११ का ४६ वर्षीय श्रेष्ठको लेक लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । मनाङका डीएसपी श्यामकृष्ण अधिकारीका अनुसार लेक लागेर बिरामी भएका श्रेष्ठलाई बिहीबार बिहान हेलिकोप्टरबाट काठमाडौं पठाइएको थियो।

दिउँसो करिब पौने ३ बजेतिर महाराजगन्जस्थित शिक्षण अस्पतालमा श्रेष्ठको ज्यान गएको हो । उनीसहित ६ जना निर्वाचन आयोगसँग अनुमति लिएर साउथ एसियन पार्टनरसीप (एसएपी) नेपाल नामको संस्थाबाट निर्वाचन पर्यवेक्षणका लागि मनाङ आएको बुझिएको डीएसपी अधिकारीले जानकारी दिए।

१० मंसिरमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पर्यवेक्षणका लागि उनीहरू लमजुङ आएका र ११ गते मनाङ पुगेका थिए।  – नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);