घरेलु तथा साना उद्योग महासंघद्धारा मोरङ जिल्लाका ३ स्थानीय तहसँग कार्यक्रम गर्न सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

घरेलु तथा साना उद्योग महासंघद्धारा मोरङ जिल्लाका ३ स्थानीय तहसँग कार्यक्रम गर्न सम्झौता

मोरङ । घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका ३ स्थानीय तहसँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलवारी नगरपालिका, केरावारी गाउँपालिका र पथरी नगरपालिकासँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो ।

सम्झौतामा स्थानीय तहसँग मिलेर महिला युवा तथा कृषि उद्यमी र स्टार्टअप व्यवसायको विकास गर्न सहकार्य गर्ने रहेको छ । यो सम्झोताले स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको प्रयोग गरी महिला तथा युवाले उद्योग स्थापना गर्र्न, व्यवसाय गर्न महासंघ र स्थानीय निकायले सघाउने बताइएको हो ।

युवा उद्यमीलाई प्रोत्साहन गर्न, सघाउन महासंघले विशेषज्ञ सेवा दिने र स्थानीय निकायले आफ्नो कार्यक्रम अनुसार बजेट तथा सेवाहरु उपलब्ध गराउने प्रतिवद्धता सम्झौता पत्रमा रहेको छ । कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी तथा बेववारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, केरावारी गाउँपालिकाका अध्यक्ष राहितकुमार कार्की र पथरी नगरपालिकाका मेयरले सम्झौता हस्ताक्षर गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);