अन्तर्राष्ट्रिय फुटबलमा इटलीद्धारा नयाँ इतिहास रच्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अन्तर्राष्ट्रिय फुटबलमा इटलीद्धारा नयाँ इतिहास रच्दै

एजेन्सी । चार पटकको विश्व विजेता इटलीले युरोकप फुटबलको उपाधि भने एकपटक मात्रै जितेको छ । सन् १९६८ माउसले युरोकप जितेको हो । त्यतिबेला यो प्रतियोगिता इटलीमै आयोजना भएको थियो । यस पटकको संस्करणमा विभिन्न ११ शहरमा युरो कपका खेलहरु खेलाइएको छ ।

त्यसमध्ये इटलीको रोम एक हो ।इटलीले आफ्ना सबै समूह चरणका खेलहरु यही नै खेल्यो र, क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै इटलीले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३२ खेलसम्म पुर्याएर नयाँ इतिहास रचेको छ ।

सेप्टेम्बर २०१८ यता इटली अपराजित छ । सर्वाधिक लामो अपराजित यात्राको दौडमा यस अघि इटली र अर्जेन्टिना समान ३१–३१ खेलसहित तेस्रोमा थिए ।अर्जेन्टीनाले ९० को दशकमा राखेको यो कीर्तिमानलाई इटलीले बेल्जियमविरुद्धको जीतपछि भर्खरै उछिन्यो ।

सर्वाधिकलामो अन्तर्राष्ट्रिय अपराजित यात्राको रेकर्ड भने ब्राजिल र स्पेनका टोलीको नाममा छ । १९९३ देखि ९६ सम्मब्राजिल र २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमा अपराजित रहेको रेकर्ड छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);