नापोलीलाई हराउँदै एट्लान्टा कोपा इटालियाको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

नापोलीलाई हराउँदै एट्लान्टा कोपा इटालियाको फाइनलमा

एजेन्सी, २९ माघ । एट्लान्टा इटालियन कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा एट्लान्टाका लागि जापाताले १० औँ तथा पेसिनाले १६ र ७८ औँ मिनेटमा गोल गरे भने नापोलीका लागि लोजानोले ५३ औँ मिनेटमा गोल गरे ।

जितसँगै एट्लान्टाले उपाधिका लागि युभेन्टससँगको भेट पक्का गरेको छ । इन्टर मिलानलाई समग्रमा २–१ ले पराजित गरेको युभेन्टसले उपाधिका लागि आउँदो मे १९ एट्लान्टासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply