मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापालाई

झापा, २३ माघ । झापाको गौरादहमा सम्पन्न पालिका स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ । झापाले बिर्तामोड नगरपालिकामाथि संघर्षपूर्ण जित निकाल्दै उपाधि जितेको हो ।

पहिलो सेट २२–२५ ले गुमाएको उसले दोश्रो सेटमा उत्कृष्ट पुनरागमन जनाउँदै २५–२० ले खेल आफ्नो पक्षमा पार्दै एक÷एक को बराबरी गर्यो । त्यसपछि तेश्रो सेटमा पनि रोहित शिवाकोटी चम्किएसँगै झापाले खेल २५–२१ ले जित्यो । तर चौथो सेटमा विर्तामोडका विमान खड्का र रोशन डाँगी चम्किएपछि खेल विर्तामोडले २५–२२ ले जित्दै खेल दुई÷दुईको अबस्थामा पुर्यायो ।

त्यसपछि पाँचौ तथा निर्णायक सेटमा झापाले १५–१२ को जित निकाल्दै उपाधिमाथि कब्जा जमायो । फाईनल खेलको म्यान अफ दि म्याच विर्तामोडका रोशन डाँगी घोषित भए । त्यस्तै बेष्ट स्पाईकरको उपाधि विर्तामोडकै विमान खड्काले हात पार्दा बेष्ट सटरको उपाधि झापाका सागर भट्टराईले र बेष्ट ब्लकरको उपाधि झापाकै चर्चित कट्वालले जिते ।

म्यान अफ दि सिरीजको उपाधि झापाकै रोहित शिबाकोटीले हात पारे । प्रतियोगिताको विजेता झापाले नगर एक लाखसँगै ट्रफी हात पार्यो भने उप–विजेता विर्तामोडले नगद ५१ हजार हात पार्यो ।

प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह, खेलकुद विकास समितिका संयोजक हेमन्त कार्की, झापा गाउँपालिकाको प्रमुख जयनारायण शाह लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा झापाका १३ गाउँपालिकाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);