एफए कपमा स्वान्सीद्वारा नट्स काउन्टी ८–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एफए कपमा स्वान्सीद्वारा नट्स काउन्टी ८–१ ले पराजित

एजेन्सी, २४ माघ । इंग्लिस एफए कप अन्तर्गत बुधबार स्वान्सीले तल्लो श्रेणीको क्लब नट्स काउन्टीलाई ८-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

छैटौं चरणको खेलमा नोट्स काउन्टीलाई ८–१ को फराकिलो अन्तरले हराउँदै स्वान्सी सिटी पाँचौं चरणमा प्रवेश गरेको हो । अघिल्लो साता नट्स काउन्टीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको थियो । निर्धारित समयमा बराबरीपछि भएको दोस्रो लेगको खेलमा स्वान्सीले गोलको वर्षा नै गर्‍यो ।

नोट्स काउन्टीले पहिलो र दोस्रो हाफमा ४–४ गोल खायो । स्वान्सीको जितमा टमी अब्राहम र नेथन डायरले दु२-२ तथा कायल नोग्हटन, वेन रुटलेज, टम क्यारोल र डेनियल जेम्सले १-१ गोल गरे । नोट्स काउन्टीका लागि भने नुर हसिनले एक गोल फर्काए ।

गएराति नै भएको अर्को खेलमा वर्मिङम सिटीलाई ४–१ ले हराएर हडल्स फिल्ड पनि पाँचौ चरणमा प्रवेश गरेको छ । यस्तै मिलवाललाई १–० ले हराएको रुचडेलले पनि पाँचौ चरणमा स्थान बनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);