प्रिमियर लिगमा वाटफोर्डद्वारा चेल्सी ४–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रिमियर लिगमा वाटफोर्डद्वारा चेल्सी ४–१ ले पराजित

एजेन्सी, २३ माघ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सोमबार साविक विजेता चेल्सीले फराकिलो हार व्यहोरेको छ ।

चौंथो स्थानको चेल्सीले ११ औं स्थानको वाटफोर्डसँग ४–१ गोल अन्तरको हार व्यहोरेको हो । टिमोउ बाकायोको दोहोरो पहेंलो कार्ड खाँदै ३० औं मिनेटमा मैदान छाडेका थिए । वार्टफोर्डले चेल्सीविरुद्ध ४२ औं मिनेटमा गोलको खाता खोलेको थियो ।

वाटफोर्डलाई ट्रोय डिनीले पेनाल्टीमार्फत अग्रता दिलाएकामा इडेन हाजार्डले ८२ औं मिनेटमा बराबरी गोल फर्काए । बराबरीपछि वाटफोर्डले घरेलु मैदानमा आक्रामक खेल खेल्यो । वाटफोर्डले अन्तिम सात मिनेटमा तीन गोल गरेर चेल्सीलाई ४–१ ले पाखा लगायो ।

वाटफोर्डले ८४ औं, ८८ औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेर चेल्सीलाई तेस्रो स्थानमा उक्लिनबाट रोक्यो । पराजयपछि चेल्सी २६ खेलबाट ५० अंकमा रोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);