आईपीएल: कलकत्ता नाइट राइडर्सको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

आईपीएल: कलकत्ता नाइट राइडर्सको लगातार दोस्रो जित

kalkatta

काठमाडौं, १४ चैत । कलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

इडेन गार्डन्समा बुधबार राति भएको खेलमा घरेलु टोली कलकत्ताले किंग्स इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको हो । कलकत्ताले दिएको २१९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । पन्जाबका लागि मायांक अग्रवालले ५८ रन बनाए ।

त्यस्तै, डेभिड मिल्लरले अविजित ४३ रन बनाउँदा मन्दीप सिंहभने ३३ रनमा अविजित रहे । विष्फोटक ब्याट्सम्यान क्रिस गेलले भने २० रन बनाए । बलिङतर्फ कलकत्ताका आन्द्रे रुसेलले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा २१८ रनको विशाल योगफल तयार पारेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);