माल्दिभ्सकाे उषाको टिमविरुद्ध कामना सम्मिलित पुलिसको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

माल्दिभ्सकाे उषाको टिमविरुद्ध कामना सम्मिलित पुलिसको जित

काठमाडौं । माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ प्रतियोगितामा नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा कामनाको टिमले अर्की नेपाली स्पाइकर उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्ज क्लबलाई सोझो सेटमा पराजित गरेकाे हाे । पुलिसले सेट २५–१५, ३१–२९, २५–१९ ले आफ्नो पक्षमा पार्‍याे । सिफाइन्जको प्रतियोगितामा पहिलो हार हो । उसको दुई खेलबाट तीन अंक छ । पुलिसको लगातार दोस्रो जितसँगै ६ अंक भएको छ । नेपाल पुलिस क्लबका खेलाडी द्वय पहिलो पटक विदेशी लिगको अनुभव बटुल्दै छन् । जुन लिगमा १० टिमको सहभागीता रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);