साफ यू–१५ च्याम्पियनसिप : भारतद्वारा नेपाल ५–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साफ यू–१५ च्याम्पियनसिप : भारतद्वारा नेपाल ५–० ले पराजित

u15 saff championship

काठमाडौं, ४ भदौ । भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ फुटबलको पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । बुधवार भारतको कल्याणीमा भएको पहिलो खेलमा नेपाल भारतसंग ५–०गोल अन्तरले पराजित भएको हो ।

खेलमा भारत ५ पटक नेपालको पोस्टमा प्रहार गर्दा ५ पटक नै गोल गर्न सफल भएको थियो। यता, नेपालले भने भारतीय गोलपोस्टमा एक पटक पनि प्रहार गर्न सकेन । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटानको सहभागिता रहेको छ ।

नेपालले दोस्रो खेल भदौ ६ गते श्रीलंकाविरुद्ध, १० गते बंगलादेशविरुद्ध तथा १२ गते भुटानविरुद्ध खेल्ने छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);