भुटानविरुद्ध खेलमा कप्तान दीपालाई अग्रपंक्तिको जिम्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भुटानविरुद्ध खेलमा कप्तान दीपालाई अग्रपंक्तिको जिम्मा

काठमाडौं। बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा आज (बिहीबार) नेपाल र भुटान भिड्दैछन् ।

अपराह्न सवा ४ बजे सुरु हुने खेल अघि प्रशिक्षक भगवती रानाले नेपालको प्लेईङ सेट सार्वजनिक गरेकी छिन् ।भुटानविरुद्ध कप्तान दीपा रोकायाले नेपालको अग्रपंक्तिको जिम्मेवारी पाएकी छिन् । यसैगरि गोलपोष्टको जिम्मेवारी सुजता तामाङलाई दिइएको छ । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० अन्तरले पराजित गरेको थियो ।

डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागीता रहेको छ । शीर्ष टोलीले उपाधी जित्नेछ ।

नेपाली टोली
गोलकिपरः सुजता तामाङ
रक्षकः सिता रोकाया, विपना स्नेही, अमिता भुल,  सिम्रन राई,
मिडफिल्डरः सुशीला केसी, रेबिका नेपाली, सुक्रिया मिया,
स्ट्राइकरः समीक्षा मगर, दीपा रोकाया (कप्तान), वर्षा ओली,

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);