माओवादीसँग भएको विस्तृत शान्ति सम्झौताको १४ वर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माओवादीसँग भएको विस्तृत शान्ति सम्झौताको १४ वर्ष

सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा भएको छ । सम्झौता गर्दा दुई महिना भित्र सम्पन्न गर्ने भनिएको काम समेत पूरा नगरी शान्ति सम्झौताले आज १४ वर्ष पूरा गरिसकेको छ । त्यही शान्ति सम्झौताबाट खुला राजनीतिमा आएको दल र त्यही दलका नेताहरु पटक पटक प्रधानमन्त्री र मन्त्रीहरु भए, सरकार चलाए, अहिले राजनीतिमा सक्रिय छन, तर सम्झौता बमोजिम तत्कालिन द्वन्द्वकालिन अवस्थाका बाँकी कामलाई भने चटक्कै बिर्सिएका छन् । परिवारका सदस्य गुमाएका द्वन्द्व प्रभावित परिवारले न्याय पाउन सकेका छैनन ।

निर्दोष नागरिकको हत्याको श्रंखलासँग जोडिएको सशस्त्र पासविक जनयुद्ध नामक १० वर्षे कालखण्डलाई औपचारिक रुपमा विसर्जन गरिएको दिन अर्थात मंसिर ५ गते । जुन दिनले १२ बुँदे सम्झौता त गरायो तर कार्यान्वयनमा भने आउन सकेन । सेना समायोजन बाहेक अन्य उपलव्धि लगभग शून्य नै रहन पुग्यो । नेपालले सम्भवत त्यो दश वर्षको कालखण्ड कहिल्यै बिर्सने आँट गर्न सक्दैन । देशको हरेक तह र तप्कालाई छोड्नसम्म पीडा छोड्न सफल त्यो कालखण्ड कसको लागि थियो र के को लागि थियो भन्ने कुरा, स्वयंम त्यस चक्रव्यूहको रचनाकार कमाण्डरहरुले समेत जनतालाई दिन सकेका छैनन भने अरुले दिन सक्ने कुरै भएन ।

तत्कालिन समाजको एउटा वर्गलाई उत्तेजित गराउँदै सम्पूर्ण विकृति र विसंगति हटाउने, अनि सबै गुणले सम्पन्न समतामुखी राज्य व्यवस्थाको स्थापना गर्ने भन्ने सुन्दर र कपोलकल्पित उद्देश्य लिएर अघि बढेको कदमले लक्ष्य प्राप्त गरेको नगरेको सबैको अगाडि छर्लङ्ग छ । झण्डै १७ हजार निर्दाेष नागरिकहरुको हत्यासँग जोडिएको यो कालखण्डले देशलाई सर्वनाश बाहेक केही दिनै सकेन । यही युद्धको बलमा उदाएका दुई पात्रहरु मध्ये राजनीतिको महत्वपूर्ण आधारशिलामा कमरेड प्रचण्ड सक्रिय छन भने यसका अर्का पात्र डा.बाबुराम भटृराई आफूले लिएको सिद्धान्त र पार्टी दुबै गलत भन्दै मधेशवादी दलको जलप भित्र छन ।

बाहिरीय रुपबाट जे जस्तो सोच, अनि त्यो कालखण्डलाई उपलव्धीमूलक थियो भन्नको निमित्त जे जे भने पनि तत्कालिन ति राजनीतिक मनुवाहरुलाई आफ्नो कामप्रति कति वितृष्णा रहेछ भन्ने कुराको विवेचना पनि उनीहरुबाटै बेलाबेलामा प्रकट हुने गरेको छ । जनताबाट सडकमा लगाइएको सामान्य नारालाई जनआवाज भन्दै आपूmलाई अधिकारविहीन भइ बस्न राजी हुने तत्कालिन राजा वीरेन्द्र अनि त्यस्तै २०६२-६३ सालको सडक आवाजलाई जनआवाजको रुपमा स्वीकार्दै लुरुलुरु दरबार छोडिदिने तत्कालिन राजा ज्ञानेन्द्र समेतको योगदानलाई कदर गर्ने हो भने, राज्य व्यवस्था परिवर्तनको निमित्त भन्दै उठाइएको बन्दुक सर्वथा निरर्थक बाहेक केही देखिंदैन । जे भए पनि इतिहासमा विगत बन्न सफल, त्यो कालखण्डको धेरै चर्चा गर्नु आवश्यक छैन ।

चर्चा गरेर त्यतिबेलाका भयावह र तिरस्कार योग्य कदमलाई मनमस्तिष्कमा राख्नु पनि जरुरत छैन । जरुरत छ त त्यतिबेलाका पीडित अशक्तहरुको बारेमा बोलिदिने आजको दिनमा कोही छ कि छैन भन्ने हो । राजनीति भित्र पलाएको सरमवादले यतिसम्म लज्जित गराएको छ कि त्यस कालखण्डका कमाण्डरहरु पटक पटक प्रधानमन्त्री भइसक्दा समेत पीडितहरुले मलपटृी पाएनन् । पेरिस डांडामा भेट्न पाएनन् । हिजो मारिन लाग्दा हाँस्नेहरुका हाँसो आफ्नै कमाण्डरका अगाडि रोदनमा परिणत हुँदै आँशुको रुपमा बग्न पुग्यो ।

आज वर्षाैसम्म शरीर भित्र गोली लिएर बाँच्नु पर्नेको अवस्था कस्तो होला ? क्षतविक्षत बनाइएका जनहरुको पारिवारिक पीडा कस्तो होला ? अंगभंगहरुको दैनिकी कसरी चलिरहेको होला ? नामोनिशान मेटाइएका बस्तीहरुको पुनर्निर्माण भयो होला कि भएन होला ? अनि बेपत्ता भएको नागरिकको अवस्था के होला ? यी इत्यादि सवालहरु कमरेड प्रचण्डको दैनिकी भित्र परेका छैनन् । किनभने कमरेड प्रचण्ड अब पुष्पकमल दाहालमा रुपान्तरण भइसकेका छन् । अबको चासो भनेको सहकर्मी होइन, सहयोद्धाको पनि होइन, पारिवारिक जनहरुको हो ।

सम्भवतः यस्तै यस्तै कुराहरुलाई नजरअन्दाज नगरेकै कारण होला राम्रो नराम्रो जस्तो भए पनि त्यस्तो कालखण्डको नेतृत्व गरेको पार्टीको नामोनिशान आज यस धर्तीको इतिहासबाट मेटिन पुगेको छ । नेता सबै छन्, तर पार्टी छैन । त्यति मात्र होइन, दुबै कमाण्डरलाई यतिबेला अलग अलग राजनीतिक पार्टीको शरणार्थी नेताको जस्तो अवस्थामा पु¥याएको छ । आपूmले नेतृत्व गरेको पार्टी र सहयोद्धाहरुको रक्तरन्जित इतिहासलाई अवसरवादमा रुपान्तरण नगरिदिएको भए, त्यसका कमाण्डरले आज ‘झुक्याएर शितल निवास पु¥याए’ भन्दै रोदन गर्नुपर्ने थिएन ।

परिवारवादले मात्र राजनीति थामिन्छ भनेर सोच्नु र राजनीतिक दर्शनशास्त्रलाई ‘यो पनि उपन्यास जस्तै रहेछ’ भनेर सम्झिनु लगभग उस्तै मान्न सकिन्छ, जसरी हात्ती र हात्ती छाप चप्पललाई बराबरी भएको हास्यास्पद तर्क दिने गरिन्छ । त्यसैले राजनीतिक कालखण्डले ल्याएको विकृतिलाई विधिवत विसर्जनमा पु¥याउने यो दिन त्यसका पात्रहरुका लागि कति महत्वपूर्ण छ, त्यो त उनीहरुलाई थाहा होला, देशका निमित्त भने उपलव्धीपूर्ण नै रहेको मान्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);