काठमाडौँ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शक्तिहरु देशलाई पुनः अन्धकार युगतिर फर्काउने प्रयासमा जुटिरहेको बताउनुभएको छ ।पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थिति, विधि, पद्धति, प्रक्रियाबाट नभइ बलजफ्तीको तरिकाहरु अवलम्वन भइरहेको बताउनु भयो । अराजक तरिकाले मुलुकलाई हाक्ने, अराजक तरिकाले संवैधानिक निकाय र संस्थाहरुलाई हाक्ने, मुलुकमा अराजकता व्याप्त भएको आरोप लगाउनु भयो । संविधान चलाउने काम भइरहेको भन्दै उहाँले संविधान तोड्नकै लागि गत भदौ २३ र २४ गतेको आन्दोलन भएको बताउनु भयो ।
अध्यक्ष ओलीले गत भदौमा कसको संलग्नता थियो भन्नेकुरा बिस्तारै खुल्दै गएको बताउनु भयो । अध्यक्ष ओलीले केही नेपाललाई कुबाटोतिर धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरु सक्रिय रहेको बताउनु भयो । गत निर्वाचनमा मौन अवधिभित्र बीबीसीले नेपाललाई झुटो कुरा संप्रेषण गरेर अल्मल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोशिस गरेको बताउनु भयो । अध्यक्ष ओलीले आफूलाई स्थापित हुँ भन्ने कतिपय अन्तर्राष्ट्रिय मिडिया समेत नेपालमा असत्य छरेर, जनतालाई दिग्भ्रमित पारेर, बेठीक बाटोतिर लान उद्यत भएको जिकिर गर्नुभयो ।




