कोरोना कहरमा राजनीतिक भागबण्डाको किचलो, नागरिकको आवाज कसले सुनिदिने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना कहरमा राजनीतिक भागबण्डाको किचलो, नागरिकको आवाज कसले सुनिदिने ?

ramkrishna timilsina

काठमाडौं, २४ वैशाख । कोरोनाको अहिलेको कहरमा आम नागरिक गाँस बास र कपासको सुरक्षा खोजिरहेका छन् । संक्रमणको डरले सबै कार्य क्षेत्र बन्द गरिएपछि आम सर्वसाधरण काम गर्न नपाएर कसरी जीवन धान्ने भन्ने चिन्तामा देखिन्छन । शहरमा भएकाहरु गाउँमा जान खोजेका छन, गाउँमा भएकाहरु सहरमा जान खोजिरहेका छन भने विदेशमा भएकाहरु जसरी भएपनि स्वदेश फर्किन चाहिरहेका छन् । तर नागरिकका यी चाहना अहिले पूरा हुने स्थिति देखिएको छैन । सरकारले देश भित्र र देश बाहिरको आवतजावात सबै रोकेका कारण यस्तो भएको हो । किसानहरु समेत आफ्नो खेतबारीमा खुलेर काम गर्न पाएका छैनन भने आफ्नो खेतबारीमा उत्पादित कृषि उपज बजारमा लान नपाएर त्यसै कुहाएर खेर फाल्नु पर्ने दुःखद स्थिति देखिएको छ । तर बजारमा भने भारतीबाट आयातित कृषि उपजले बजार ओगटिरहेको छ । यस्तो हुँदा पनि न सरकारले ध्यान दिन सकेको छ न सत्तारुढ दल वा अरुले नै ध्यान दिन सकेका छन । यस्तो कहाली लाग्दो अवस्थामा पनि सत्तारुढ दल नेकपा त राजनीतिक भागबण्डाको आन्तरिक किचलोमा फसिरहेको छ । यस्तो अवस्थामा नागरिकको आवाज कसले सुनिदिने ? नागरिकको आवाज कसले उठाइ दिने ? यिनै सेरोफेरोमा सर्वाेच्च अदालतका संविधान विज्ञ डा.रामकृष्ण तिमिल्सिनासँग गरिएको कुराकानी ।

कोरोनाको यो कहरमा आत्तिएका नागरिकको आवाज सरकारले कत्ति सुनेको पाउनु हुन्छ ?

सरकारले नागरिकको आवाज सुनिदिएको भए त समस्या नै आउने थिएन नि । केही गर्न खोजेको जस्तो देखिए पनि गर्नु पर्ने जति गरेको छैन । त्यसकारण नागरिकको असन्तुष्टि बढेको पाइन्छ ।

राज्यको तर्फबाट, सरकारले जे गर्नु पर्ने हो यो बेलामा त्यो गरेको पाउनुहुन्छ ?

कोरोनाले विश्वव्यापी डर बढाए पनि यो नेपालको लागि अवसर पनि हो । केही गरेको जस्तो देखिन्छ तर कतिपय गर्नै पर्ने कामहरु गर्न सकेको छैन । समय प्रशस्त भएर पनि सरकारको तयारी पुगेको देखिंदैन । लकडाउन बढाउने मात्र होइन, क्षेत्रगत रुपमा यसलाई खुकुलो गर्दै जानुपर्ने हो । भएको छैन , अर्थतन्त्रलाई सुकाउने गरी लकडाउन बढाउनु हुँदैन । हामीले अमेरिका जस्ता देशबाट सिक्नुपर्छ ।

सरकारले खासगरी यो बेलामा के के गर्नु पथ्र्यो ?

महामारी ऐन २०२० अनुसार सरकारले कोरोना संक्रमणको लागि काम गर्दैछ । यो लाजमर्दाे कुरा हो । अत्यावश्यकी उत्पादन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ, तर त्यो पनि भएको छैन । खेतबारीमा काम गर्नेलाई किन रोक्नु पर्यो र ? घरमा काम गरी पेट पाल्नेलाई किन रोक्ने ? विदेशबाट आउने नेपालीलाई रोकिरहेको छ । यो राम्रो होइन, नेपाली हो होइन नागरिकता हेरी नेपाल फर्कने युवालाई फर्काएर बाँझो रहेको खतबारीलाई हराभरा बनाई कृषि अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ । कृषकको खेतबारीमा उत्पादितले बजार नपाएको अवस्थामा भारतीय उत्पादनले बजार ढाकेको छ यो रोक्नुपर्छ । यस्तो बेला राजनीतिक दाउपेचमा अल्झिनु दुर्भाग्यपूर्ण हो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले जे गर्नु भएको छ त्यो कस्तो पाउनु हुन्छ ?

प्रधानमन्त्रीमा आँट र जोश देखिन्छ , तर भिजन देखिंदैन । बालुवाटारले विज्ञहरुको निःशुल्क सुझाव लिन सकेको छैन । उहाँको आसेपासी गतिला नहुँदा प्रधानमन्त्रीको सपना पूरा हुने देखिंदैन । प्रधानमन्त्री जस्तो व्यक्तिले भ्रष्टाचारीलाई काँध हाल्नु हुँदैन । भीमसेन थापापछि नेपालको विकास गर्ने अवसर अहिलेको प्रधानमन्त्रीलाई छ । बेलायत र भारतबाट पाठ सिके हुन्छ ।

कोरोनाको यो कहरमा सत्तारुढ दल नेकपा भित्र नयाँ प्रधानमन्त्री बनाउने खेल कस्तो लाग्यो ?

नेकपाले बेमौसमको बाजा बजाएको छ । जनताको मतको अपमान हुने गरी नेकपा प्रस्तुत भयो भने यो पार्टीकै लागि दुर्भाग्यपूर्ण हुनेछ ।

विस्तृत जानकारीको लागि तलको भिडियो हेर्नु होला ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);