भक्तपुरमा अस्पताल बनाउन कोरियाले साँढे ९ मिलियन डलर सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भक्तपुरमा अस्पताल बनाउन कोरियाले साँढे ९ मिलियन डलर सहयोग गर्ने

काठमाडौं, २५ असार । गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शैय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदुतावासबीच भक्तपुरको जोखिममा रेहका क्षेत्रका गरिव जनताका लागि स्वास्थ्य पहँुच पु¥याउने गरी १५० शैय्याको अस्पताल बनाउन बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सोमवार मन्त्रालयमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदुतावासका राजदुत पार्क ते–योङले सम्झौता पत्रका हस्ताक्षर गर्नुभयो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि मध्यपुरथिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर विजयकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो । गुणस्तरीय अस्पताल व्यवस्थापन,संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहँुच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत ५ वर्ष अर्थात सन् २०२७ सम्ममा परियोजना सम्पन्न गर्ने सम्झौता पनि भएको छ । ९.५ मिलियन अमेरिकी डलर लागतमा बन्ने परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका,मध्यपुरथिमी नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्ने छ । सम्झौता कार्यक्रममा बोल्दै अर्थ सचिव पोखरेलले कोरियासँग भक्तपुरका खोखिम रहेका जनतालाई स्वास्थ्य पहँुच दिनेगरी अस्पताल निर्माण गर्र्ने सम्झौता गर्न पाउँदा सरकार हर्षित भएको बताउनु भयो। उहाँले कोरियाको सहयोगले गुणस्तरीय अस्पताल व्यवस्थापन,संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहँुच लक्ष्य हासिल गर्ने बताउनु भयो। उहाँले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कोरिया सरकारलाई धन्यवाद दिनुभयो। उहाँले आयोजनालाई सफल कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।

नेपालका लागि कोरियाली राजदुत पार्क ते–याङले नयाँ अस्पताल सर्वसाधरणका लागि निकै उपयोगी हुने बताउनु भयो। उहाँले परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण अपेक्षा गरेको बताउनु भयो । उहाँले उक्त सम्झौता कोरिया नेपालबीचको द्विपक्षीय कुटनीतिक सम्बन्धको ५० औं वर्षगाँठ मनाउन इच्छुक भएको बताउनु भयो।

कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नजिकको जग्गामा १५० शैय्याको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्ने भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);