लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात ग¥योः सांसद श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात ग¥योः सांसद श्रेष्ठ

काठमाडौं, २६ असार । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु लगानीको सुनश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताउनु भयो । उहाँले अहिलेको सरकार र गठबन्धनका दलहरुले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु आज उनीहरु आफूले उत्पादन गरेका बिजुलीहरु नेपालका लागि उत्पादन गरिएको बिजुलीको सुनिश्चितता नभएपछि, आफ्नो लगानीको सुनिश्चितता नभएपछि उहाँहरु फर्किने कुरा गरिरहनुभएको छ । कतिपय आयोजनाहरु फर्काइसक्नुभएको छ । कतिपय फर्किने चरणमा हुनुहुन्छ । यस्तो खालको राष्ट्रघात अहिलेको सरकारको प्रधानमन्त्री र सिंगो मन्त्रीपरिषद्ले गठबन्धनका दलले राष्ट्रघात किन गरेको हो ? हामी चिन्तित छौँ ।’

राष्ट्रिय सभा सदस्य श्रेष्ठले प्रधानमन्त्री र सिंगो मन्त्रीपरिषद्ले लगानीमैत्री वातावरण बनाउन नसकेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);