संसदको हिउँदे अधिवेशन भोलिबाट, १७४ वटा कानून संशोधनको पर्खाइमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

संसदको हिउँदे अधिवेशन भोलिबाट, १७४ वटा कानून संशोधनको पर्खाइमा

sanghiya samsadh

काठमाडौं, १० पुस । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानले सरकारको सिफारिशमा राष्ट्रपतिलाई संघीय संसद्को अधिवेशन आह्वान र अन्य गर्ने अधिकार प्रदान गरेको छ । संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को आगामी अधिवेशनको पूरै अवधि विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहेको छ ।

यही अधिवेशनमा कर्मचारी समायोजनसम्बन्धी अध्यादेश प्रस्तुत हुदैछ भने साझा सूचीमा रहेका कानून पनि बनाउनु पर्नेछ, संविधानसँग बाँझिएका हदसम्म बदर हुने कानूनको संशोधन गर्नु पर्नेछ, सरकारले त्यसको तयारी गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते भित्र नेपालको संविधानसँग बाझिने कानून नयाँ ल्याएर होस् वा संशोधन गरेर होस् संविधानसम्मत बनाई सक्नुपर्ने कार्यभार रहेको हुँदा यो अधिवेशन निकै महत्वप पूर्ण रहेको छ ।

एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । अधिवेशनमा १ सय ७४ वटा कानूनहरु संशोधनको प्रक्रियामा रहेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);