चैत्रको तेस्रो साता ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चैत्रको तेस्रो साता ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने

sagarmatha sambad

काठमाडौं, ५ मंसिर । आगामी चैत्रको तेस्रो साता नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने भएको छ । ‘जलवायु परिवर्तन,पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक शीर्षकमा नेपालमा पहिलो पटक आगामी चैत्र २०, २१ र २२ गते सो अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो कार्यक्रमबारे औपचारिक जानकारी दिँदै विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञहरुबीच जलवायु परिवर्तनको संकट समाधानका लागि यो अन्तरगत संवाद कार्यक्रम गर्न लागिएको स्पष्ट पार्नु भयो ।

उक्त कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारण बनाउन सहयोग पुग्ने सरकारले अपेक्षा लिएको मन्त्री ज्ञवालीको भनाई छ ।

सरकारले उक्त संवाद कार्यक्रमलाई सम्पन्न गर्न ‘सगरमाथा संवाद सचिवालय’ को पनि स्थापना गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);