नेपालको सम्भावनालाई विश्वसामु चिनाउन ‘सगरमाथा संवाद’ मञ्च स्थापना | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

नेपालको सम्भावनालाई विश्वसामु चिनाउन ‘सगरमाथा संवाद’ मञ्च स्थापना

pradeep gyawali

काठमाडौं, १ असोज । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले आफ्ना सम्भावनाका क्षेत्रहरुलाई विश्वमाझ पुर्याउन ‘सगरमाथा संवाद’ नामक अन्तराष्ट्रिय स्तरको मञ्च स्थापना गर्नु परेको बताउनु भएको छ ।

बुधवार राजधानीमा आयोजित सगरमाथा संवाद गोष्टिको उद्घाटन कार्यक्रममा मन्त्री ज्ञवालीले विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको चर्चा गर्न पनि सो मञ्च उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले शान्ति प्रक्रियाका मौलिक अनुभव, भूकम्पपछि पुनर्निर्माण कार्यमा भएको तीव्रता, लैगिङ तथा समावेशी क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि तथा त्यसका लागि तय गरिएका नीति, कार्यक्रमबारे अन्तराष्ट्रिय समूदायलाई जानकारी गराउन पनि सो मञ्चको स्थापना गरिएको बताउनु भयो । २/२ वर्षमा आयोजना हुने गरी तय गरिएको सो कार्यक्रम अन्तरगत यस वर्ष सरकारले जलवायु परिवर्तनको विषयमा छलफल गर्नेछ ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले शान्तिपूर्ण ढंगले ल्याएको राजनीतिक परिवर्तन पनि विश्वका लागि नमूनायोग्य कदम भएको दावी गर्नु भयो ।