शिवम् सिमेन्टकाे खरिद मोबाइल एपबाट गर्न सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

शिवम् सिमेन्टकाे खरिद मोबाइल एपबाट गर्न सकिने

काठमाडौं, ५ साउन । शिवम सिमेन्टले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी मोबाइल एप सार्वजनिक गरेको छ। कार्यक्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आफ्नो मोबाइलमा ‘‘शिवम् मोबाइल एप’’ डाउनलोड गरी सहज र सरल रुपमा ओपीसी सिमेन्ट अर्डर गर्न सकिने बताउँनुभयो ।

गोयलले ग्राहकको सुविधाका लागि सिमेन्टको बजार मूल्य भन्दा केही कम गरी निश्चित मूल्य निर्धारण गरिएकाले ढुक्क हुन आग्रह गर्नुभयो । यस एपको माध्यमबाट ग्राहकले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मूल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिने कम्पनीको दाबी छ ।

शिवम् सिमेन्ट एप गुगल प्ले स्टोर तथा आइओएस एप स्टोरबाट डाउनलोड गरी सहजै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । सिमेन्ट अर्डर गरेपछि मोबाइल खल्ती, इ-सेवा, कनेक्ट आइपिएस वा क्यास अन डेलिभरीको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।