काठमाडौं, ७ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच भेटवार्ता भएको छ । आइतबार नेपाल भ्रमणमा आउनुभएका अस्त्रिद र उपप्रधामन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो । राजकुमारी नेपालको साताव्यापी भ्रमणका लागि आइतबार आनुभएको थियो ।
यसअघि उहाँले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग पनि भेटवार्ता गरिसक्नुभएको छ । नेपाल बसाईका क्रममा उहाँले कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गर्ने तथा कैलाली र नवलपरासीको मध्यविन्दु अस्पतालमा रहेको क्षयरोगका विरामीलाई भेट्नुहुनेछ ।
यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ ।
आइतबार राजकुमारी अस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।




