काठमाडौं, ७ माघ । गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राकृतिक रुपमा मात्रै नभएर सांस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताउनुभएको छ ।
चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवशरमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो । नेपाल—चीन सम्बन्ध प्राचिन कालदेखि अटुट रहेको आएको बताउँदै थापाले अहिले सम्बन्ध सुदृढ हुँदै गएको बताउनुभयो ।
गत असोजमा भएको चिनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप उचाइँमा पुगेको उहाँले बताउनुभयो । नेपालका तर्फबाट पनि समय समयमा उच्च पदस्थ व्यक्तिहरुको चीन भ्रमण हुने गरेको उल्लेख गर्दै थापाले नेपालको समृद्धिका लागि चीनले गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गर्नुभयो ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्मा अरनिको समाजले आयोजना गरेको कार्यक्रममा चीनले सांस्कृतिक कार्यक्रम समेत गरेको छ । चीनले पछिल्लो समय आफ्ना विभिन्न पर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।




