भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

bishwo prakash sharma

काठमाडौं, २५ साउन । भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय विदेशमन्त्री एस. जयशंकरको भगवान् गौतम बुद्ध महान भारतीय हुन भन्ने अभिव्यक्तिमा आपत्ति जनाउनुभएको छ ।

प्रवक्ता शर्माले आइतबार ट्विट गर्दै भन्नुभएको छ, ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भुभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ ल आवेगको जवाफमा आवेग´ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन । ‘

प्रवक्ता शर्माले थप भन्नुभएको छ, ‘आवेगको जवाफमा आवेग दुवै देशको हितमा छैन ! राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्,मुल बिषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ‘

शर्माले भारतीय प्रधानमन्त्री मोदीले संसदमा बोलिसकेको कुरामा फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दु:खद भएको बताउनुभएको छ । ‘बुद्ध नेपालमा जन्मिएका हुन्´ भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं ! भारतीय भुमिबाट विगतमा आएका टिप्पणीपनिनेपाल बुद्ध भूमि हो´ भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको हो । फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दु:खद छ ‘

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);