घोषित मितिमै निर्वाचन सम्पन गर्न सवैको सहयोग अपरिहार्यः गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

घोषित मितिमै निर्वाचन सम्पन गर्न सवैको सहयोग अपरिहार्यः गृहमन्त्री

१२ फाल्गुन, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले घोषित मितिमै निर्वाचन सम्पन्न गर्नको लागि सहयोग गर्न सवैसँग आग्रह गर्नुभएको छ ।

घोषित मितिमै निर्वाचन सम्पन गर्न सवैको सहयोग अपरिहार्यः गृहमन्त्री

१२ फाल्गुन, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले घोषित मितिमै निर्वाचन सम्पन्न गर्नको लागि सहयोग  गर्न सवैसँग आग्रह गर्नुभएको छ ।

बिहिबार राजधानीको भृकुटीमण्डपमा राष्ट्रिय औधोगीक बस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै उपप्रधानमन्त्री निधीले संविधानको पूर्ण कार्यान्वयन गर्न निर्वाचन आवश्यक रहेको भन्दै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न सवै पक्षसँग आग्रह गर्नुभयो ।

उहाँले संविधानमा सबै जात धर्म र समुदायको स्वीकार्यता बढाउनको लागी संविधान संशोधन आवश्यक रहेको भन्दै निर्वाचन र संविधान संशोधन प्रक्रिया सँगै अघि बढाइने स्पष्ट पार्नुभयो । संविधानको पूर्ण कार्यान्वयन विना प्राप्त उपलब्धि संस्थागत नहुने उहाँको भनाइ थियो । फरक प्रसंगमा उहाँलेसरकार लगानीमैत्री वातावरण बनाउन केन्द्रित रहेको भन्दै घरेलु तथा साना उद्योगको लगानीमा जोडदिने बताउनुभयो ।

प्रर्दशनी १७ गते सम्म सञ्चालन हुनेछ । प्रर्दशनीमा ३ सय भन्दा बढि स्टलहरु रहेका छन भने ३ लाख भन्दा बढि अवलोकन कर्ताहरुले भ्रमण गर्ने अपेक्षा गरिएको छ । प्रर्दशनीमा ५ करोड बराबरको समानको बजारीकरण हुने आयोजकको दावी छ ।

Leave a Reply

ताजा समाचार